ग्रामिण विकास लघुवित्तको ३ लाख कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 06:34:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तको झन्डै ३ लाख कित्ता शेयर लिलाम गर्ने भएको छ । राष्ट्र बैंकए आफ्नो स्वामित्वमा भएको २ लाख ९९ हजार ९ सय ८२ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

राष्ट्र बैंकले शेयरको न्यूनतंम मूल्य १२५ रुपैयाँ रुपैयाँ तोकेको छ । सो वा सो भन्दा बढी रकम कबुल गरेर इच्छुक बोलकबोलदाताले आवेदन दिन सक्ने छन् । हाल कायम संस्थापक शेयरधनीले मात्र यसमा आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

आज भदौ ३१ गतेदेखि कार्तिक ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved