सिद्धार्थ बैंकको लाभांश घोषणा, नगद बढी बोनस कम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 08:59:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले लाभांश घोषणा गरेको छ  । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष ७५/७६ को मुनाफबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । बैंकले १० प्रतिशतले हुन् आउने ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बराबरको बोनस शेयर र १५.२६ प्रतिशतले हुन् आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  ।

हाल बैंकको चुक्ता पूंजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको छ  ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved