बिजपाटी सम्बाददाता     Sep 17, 2019 | 01:41:55 PM


tansen

निरन्तर ओरालो बाटो समातेको सेयरको दोस्रो बजारमा साताको तेस्रो दिन हरियाली छाएको छ। अर्थमन्त्री डा युबराज खतिवडाले लगानीको उचित अवसर भन्दै सम्बोधन गरेपछि लगानीकर्तामा बिश्वास बढेकाले सेयरबजारमा एकाएक हरियाली छाएको हो। 

नेपाल इन्भेस्टर फोरमका पुर्व अध्यक्ष समेत रहेका लगानीकर्ता अम्बिका पौडेलले अर्थमन्त्रीको बोलिले लगानीकर्तामा बिश्वास बढेकाले आजको कारोबारमा नेप्से दोहोरो अंकले बढेको बताएका छन। 'लामोसमयदेखि नियामक मौन रहंदा लगानीकर्ताले बिश्वास गुमाएका थिए, तर आज अर्थमन्त्रीले सम्बोधन गरेपछि गुमेको बिश्वास फर्किएको छ' पौडेलले भने, 'सेयरबजारका लागि सबै कुरा सकारात्मक रहंदा रहँदै पनि लगनिकर्ताले  बिश्वासनै गुमाएकाले नेप्से निरन्तर ओरालो लागेको थियो'। पौडेलले लगानीकर्ताले बिश्वास बढेको देखिएको तर यो कति परिपक्व छ भनेर हेर्नलाई अझैं एक दुई दिनको कारोबारलाई पर्खनुपर्ने बताएका छन।  

बजार परिसूचक नेप्से आज एकै दिन २६.९१ अंकले बढेर ११५०.७४ को बिन्दुमा उक्लिएको छ। १७१ कम्पनीका ७ हजार १२९ कारोबारबाट १३ लाख ७७ हजार कित्ता सेयर कारोबार हुँदा ३८ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचक बढेका छन।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7