२ वटा विकास बैंकको विशेष साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 06:37:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज ७ गते मंगलबार २ वटा विकास बैंकले मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन्  । आज तिनाउ मिसन विकास बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सभा आह्वान गरेका हुन्  

तिनाउ मिसनको सभाले नेपाल कम्युनिटीलाई गाभ्ने प्रस्ताव पारित गर्ने छ भने नेपाल कम्युनिटीको सभाले तिनाउ मिसनमा गाभिने प्रस्ताव पारित गर्ने छ  । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भई हालै मात्र तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो  । मर्जपछि बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटीलाई गाभ्न लागेको हो ।  १:१ को स्वाप रेसियोमा तिनाउ मिसनले नेपाल कम्युनिटीलाई गाभ्न लागेको हो  । 

मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख  र शाखा कार्यालयहरु ६० वटा पुग्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved