एनआईसी क्यापिटलले दिने भयो ११ प्रतिशत नगद लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 05:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल लिमिटेड NIC Asia Capital Ltd  ले गत आर्थिक बर्षको कमाईबाट ११ प्रतिशत लाभांश दिने भएको छ। क्यापिटलको तेश्रो बार्षिक साधारणसभाले चुक्ता पूँजीको ११ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

क्यापिटलले ११ प्रतिशतका दरले हुन आउने २ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो। त्यस्तै क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५÷०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै अषाढ मसान्त, २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले बताए।  

क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । 

        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved