बिजपाटी सम्बाददाता     Sep 29, 2019 | 07:31:07 AM



sunrisebank

सुर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited को हकप्रदमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ भदौ ८ देखि १०:७ को अनुपातमा ७० प्रतिशतका दरले  हकप्रद बिक्रि खुला गरेको हो। 

कम्पनीले  ८८ लाख ७४ हजार ०९६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। हकप्रद सेयरका लागि कम्पनीले साउन २९ गतेलाई बुक क्लोज गरेकाले साउन २८ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।   

कम्पनीले इक्रा नेपालबाट 'केयर एनपी आइपीओ ग्रेड ४' रेटिंङ पाएको छ। हकप्रद बिक्रि तथा बितरण पश्चात कम्पनीको चुक्तापुंजी २ अर्ब १५ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २६ करोड छ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7