जनरल इन्स्योरेन्सको ३० करोडको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल एस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 03:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनीले प्रति शेयर सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे । 

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व पुग्नेछ । 

कम्पनीले हाल ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved