शेयर किन्न ब्रोकर नम्बर ५० ले ५० लाखसम्म ऋण दिने, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 09:24:53 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ५० अर्थात् क्रिष्टल कन्चजंघा सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सुचारु गरेको छ । कम्पनीको असोज ६ गते बसेको बैठकले यस सम्बन्धि आन्तरिक कार्यविधि पारित गर्दै असोज १४ देखि सेवा सुचारु गरेको हो 

 यस संगै अब कम्पनीका ग्राहकले तोकिएको शेयरहरु मार्जिन राखेर शेयर खरिद गर्न सक्ने छन् । अर्थात् ग्राहकले ब्रोकर बाट नै ऋण लिएर शेयर खरिद गर्न सक्ने छन् 

कम्पनीका अध्यक्ष प्रियराज रेग्मीले लगानीकर्तालाई न्युनतम ५ लाख देखि ५० लाखसम्म ऋण दिने बताएका छन। यसको लागि लगानीकर्ताले ब्रोकर समक्ष छुट्टै निवेदन दिनु पर्ने हुन्छ । साथ साथै केवाईसी समेत भर्नु पर्ने हुन्छ । आवेदन दिएपछि कम्पनीले उक्त ग्राहक योग्य देखेमा मार्जिन कारोबारको लागि छुट्टै खाता खोलिदिने छ। ग्राहक योग्य देखिएमा कम्तिमा २ दिन भित्र ऋण उपलब्ध गराउने कम्पनीले जनाएको छ 



कम्पनीले आफुले पनि बैंकबाट ऋण लिएर लगानीकर्तालाई दिने भएकोले ब्याजदर बैंकको भन्दा बढी हुने प्रष्ट पारेको छ । कम्पनीका अध्यक्ष रेग्मीले आफ्नो लागतमा ३ देखि ६ प्रतिशतसम्म थपेर ऋण दिने बताएका हुन् । उनले भने 'हामीले बैंकको जस्तो निक्षेप लिन पाउदैनौ, बैंकबाट ऋण लिएर लगानीकर्तालाई दिने हो, हाम्रो लागतमा ३ देखि ६ प्रतिशतसम्म थपेर दिन्छौ' । यस हिसाबमा कम्पनीले लिने बैंकको ब्याज भन्दा ६ प्रतिशतसम्म महँगो हुने देखिन्छ । ब्रोकरहरुले यसको ब्याज महँगो हुने पहिले देखि नै बताउदै आएका थिए  । 

अन्य ब्रोकरले दिने ब्याजदर भने फरक फरक हुन् सक्ने पनि उनले बताए ।  हाल २१ वटा ब्रोकरहरुले  मार्जिन कारोबार सुविधा सञ्चालन गर्न अनुमति पाईसकेका छन् 

नेप्सेले मार्जिन कारोबारको लागि योग्य कम्पनीहरुको सुची समेत सार्वजनिक गरिसकेको छ 


यो पनि : 

यी ३३ कम्पनीको शेयर किन्न ब्रोकरबाटै ऋण पाइने


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved