राष्ट्रिय स्तरको विकास बैंक बन्दै शाइन रेसुङ्गा, एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 06:53:01 AM मा प्रकाशित

laxmi  sunrise bank

 शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited  को एकीकृत कारोबार मिति तय भएको छ  । बैंकले पुर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभेपछि  शाइन रेसुङ्गाको नामबाट एकिकृत कारोबार गर्न लागेको हो। बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट असोज २७ गतेदेखि एकिकृत कारोबार हुने जनाएको छ ।

असर २७ गते तिनवटै विकास बैंकको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेको थियो । र्श्त्र बैंकले यी संस्थालाई असोज ९ गते मर्जर तथा प्राप्तिको लागि स्वीकृति दिएको थियो  । त्यस्तै पुर्निमर भार्गवको सम्पूर्ण सम्पति तथा दायित्व शाइनको हुने गरि कम्पनी रजिस्ट्रारको कार्यालयले असोज १६ गते स्वीकृति दिएको थियो ।

प्राप्ति प्रक्रियापछि शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवल उप महानगर पालिका ६ मा रहने छ  । 

बैंकले एक्वीजिसन पश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुई विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved