शाइन रेसुङ्गाको एकिकृत कारोबार सुरु, को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 08:48:55 AM मा प्रकाशित

laxmi  sunrise bank

 शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited को एकीकृत कारोबार मिति तय भएको छ  । बैंकले पुर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभेर आज २७गतेदेखि  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो ।  

एकिकृत कारोबार संगै बैंकले ६ सदस्यीय संचालक समिति पनि सार्वजनिक गरेको छ । बैंकको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् भने अन्य संचालकहरुमा थानेश्वर पौडेल, डा. तारा प्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई र सुदर्शन गौतम रहेका छन् । चापागाई र गौतम सर्वसाधारण समुहबाट संचालक भएका हुन् भने अन्य संस्थापक शेयरधनी समुहबाट संचालक भएका हुन् । 


असार २७ गते तिनवटै विकास बैंकको विशेष साधारणचापागाई सभाले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेको थियो । राष्ट्र  बैंकले यी संस्थालाई असोज ९ गते मर्जर तथा प्राप्तिको लागि स्वीकृति दिएको थियो  । त्यस्तै पुर्णिमा र भार्गवको सम्पूर्ण सम्पति तथा दायित्व शाइनको हुने गरि कम्पनी रजिस्ट्रारको कार्यालयले असोज १६ गते स्वीकृति दिएको थियो ।

१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ । साथै, बैंकको चुक्ता पूंजी रु. २ अर्व ६२ करोड, निक्षेप परिचालन रु. २६ अर्व ८७ करोड, कर्जा लगानी रु. २३ अर्व ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ । 

 शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवल उप महानगर पालिका ६ मा रहने छ  । 

बैंकले एक्वीजिसन पश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुई विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्र बैंकबाट अनुमति लिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved