सिद्धार्थ क्यापिटललाई धितोपत्र बोर्डको पत्र, ३ दिनभित्र जवाफ पठाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 12:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटललाई प्रष्टीकरण सोधेको छ । क्यापिटल योजना ब्यबस्थापक रही संचालनमा आएको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम नामक म्युचल फण्डको रकम फिर्ता गर्दा क्यापिटलले लापरवाही गरेको गुनासो आएपछि बोर्डले क्यापिटललाई प्रष्टीकरण सोधेको हो 

बोर्डका प्रबक्ता निरज गिरिले सोमबार क्यापिटललाई पत्र पठाईएको पुष्टि गरे । उनले भने 'यस विषय के कसो भएको हो, ३ दिन भित्र जवाफ दिन आज पत्राचार गरेका छौ, जवाफ आएपछि थप प्रक्रिया अगाडी बढ्ने छन्' । यद्यपि उनले यसलाई स्पष्टीकरण भन्न नमिल्ने र जानकारी मात्र माग गरिएको जिकिर गरे । 

क्यापिटल स्वयंले भने गल्ति स्वीकार गर्दै माफी मागी सकेको छ । क्यापिटलले आफ्नो म्युचल फण्ड परिपक्क भएपछि रकम फिर्ताको क्रममा त्रुटी भएको स्वीकार गर्दै क्षमा याचना गरेको हो । क्यापिटलले रकम फिर्ता गर्दा प्राविधिक तथा  मानवीय त्रुटीको कारणले केहि इकाईधनीको खातामा बढी र केहिको कम रकम गएको स्वीकार गरेको हो ।

क्यापिटलले दशैँ अगाडी नै लगानीकर्ताले रकम पाउन भन्ने उदेश्यले असोज १६ गतेदेखि रकम पठाईएको  जनाएको छ । तर क्यापिटलले त्रुटी भएको भन्दै बढी रकम गएको लगानीकर्ताको खाताबाट रकम फिर्ता समेत लिएको थियो । त्रुटी सच्च्याउन रकम फिर्ता लिईएको र विदाको कारण फेरी रकम जम्मा गर्न नसकिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले आज सोमबार साँझ सम्म सबै इकाईधनीको खातामा त्रुटी सच्चाई जति रकम पाउनु पर्ने हो त्यति रकम पठाई सक्ने प्रष्ट पारेको छ । यस अघि घोषणा भएको लाभांश नलिएका इकाईधनीलाई लाभांश समेत गरि रकम पठाईएकोले केहीको खातामा कम र केहीको खातामा बढी रकम गएको समेत क्यापिटलले प्रष्ट पारेको छ । आफुले पाउनु पर्ने रकम क्यापिटलको वेबसाइटमा आज सोमबार साँझबाट हेर्न सकिने ब्यबस्था मिलाइने क्यापिटलले जनाएको छ । क्यापिटलले अन्तिम कायम प्रति इकाई खुद सम्पति मूल्य ११.४९७१५९४८४६ मा कानुन बमोजिम कर कट्टा गरी बाँकि रकम पठाईने जनाएको छ । 

तर लगानीकर्ताले भने क्यापिटलले कुनै कानुन अनुसार  खातामा पठाईसकिएको पैसा खातावालाको स्वीकृति बिना फिर्ता लगियो भन्दै गम्भीर प्रश्न उठाउदै आएका छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved