कहाँ पुग्यो हिमाल दोलखाको शेयर लगानीकर्ताको खातामा पठाउने प्रक्रिया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 09:34:37 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ एक साता भित्र लगानीकर्ताको खातामा आउने भएको छ  । कम्पनीका फाइनान्स म्यानेजर अनन्त कार्कीले कार्तिक ३-४ गतेसम्म खातामा शेयर आई सक्ने बताएका हुन् ।

बिजपाटी संगको कुराकानीमा उनले सबै प्रत्याभूतकर्ताहरुले आफुले सकार्नु पर्ने शेयरको लागि आवश्यक पर्ने रकमको लागि चेक कम्पनीलाई दिईसकेको बताए । उनले भने 'केहीको चेकको मिति आजको र केहीको चेकको मिति भोलीको लागि छ, यो महिनामा सबै काम सकिएर अर्को महिनाको सुरु मै खातामा शेयर आउँछ' । प्रत्याभूतकर्ताहरुले रकम दिन आनाक्नै गरेको कुरा बाहिर आएपनि त्यो सत्य नभएको र सबैबाट चेक प्राप्त भईसकेको उनले बताए ।

कम्पनीले निष्काशन गरेको मध्ये आधा पनि आईपिओ बिक्रि भएको थिएँन । कम्पनीले ७८ लाख कित्ता आईपिओ निष्काशन गरेपनि ४१.६१ प्रतिशत अर्थात्  ३० लाख ९३ हजार २ सय ५० कित्ता मात्र बिक्रि भएको हो । यति सम्म कि कम्पनी कै कर्मचारीको लागि छुट्याइएको बाट १ कित्ता पनि शेयर बिक्रि भएन । 

१ महिनाको अवधिमा पुरै शेयर बिक्रि नभएपछि कम्पनीका संस्थापक सेयरधनी र सञ्चालक तथा उनीहरुको एकाघर परिवार तथा कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव र कम्पनीको ब्यवस्थापक तथा लेखा सम्बन्धी काम गर्ने ब्यक्तिले आवेदन दिन पाउने गरी पुन शेयर बिक्रि खुला भएको थियो । त्यस अवधिमा १ कित्ता शेयर पनि बिक्रि भएँन । अर्थात् कम्पनीको शेयर संस्थापक र कर्मचारी स्वयंले नै विश्वास गरेनन ।

बिक्रि नभएको ४५ लाख ५३ हजार ९ सय ६० कित्ता शेयर अब अण्डरराइटरहरुले खरिद गर्न लागेका हुन्।  कम्पनीको शेयरको  लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए ।   

कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले,   २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए ।   यहि प्रतिशतको आधारमा अब यी ४ क्यापिटलले बिक्रि नभएको शेयर किन्नु पर्ने हुन्छ।

जस मध्ये नबिल इन्भेस्टमेन्टले सबै भन्दा धेरै १५ लाख ३५ हजार ४४ कित्ता, बिओकेले १४ लाख ९६ हजार ६ सय ६५ कित्ता, लक्ष्मीले ११ लाख ३८ हजार ४ सय ९० कित्ता र नेपाल बंगलादेशले ३ लाख ८३ हजार ७ सय ६२ कित्ता शेयर खरिद गर्नु पर्ने छ ।



यस्तो छ प्रक्रिया : 

प्रत्याभूतकर्ताले रकम जम्मा गरेपछि कम्पनीको आरटिएसले कसको नाममा कति शेयर छ भन्ने विवरण तयार  पारेर शेयर खातामा पठाउन सिडीएसलाई पत्राचार गर्छ । त्यसपछि सिडीएससीले सबैको खातामा शेयर पठाउछ । प्रत्याभूतकर्ताले खरिद गरेको शेयर पनि स्वयं उनीहरुकै खातामा जम्मा हुन्छ । 

यस अघि नेपाल बैंकले एफपिओ निष्काशन गर्दा प्रत्याभूतकर्ताले बिकी नभएको शेयर आफु खुसि अरुलाई जिम्मा लगाउन खोजेका थिए ।  तर नियम बिपरित भएकोले धितोपत्र बोर्डले त्यसो गर्न दिएको थिएँन । सोहि कारण बिक्रि नभएको शेयर सिधै प्रत्याभूतकर्ताको खातामा जाने छ ।  त्यसपछि उनीहरुले चाहेमा दोस्रो बजार मार्फत ति शेयर बेच्न सक्ने छन् ।   

कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो। 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको  ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ ।  यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved