हकप्रद निष्काशनको लागि एनएमबि लघुवित्तको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 12:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा कार्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

कम्पनीले १:१.५ को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलब ७५ कित्ता हकप्रद बिक्रि गर्ने छ। 

१५० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ४० करोड पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी १६ करोड २० लाख रहेको छ। लघुवित्तले गत आर्थिक बर्ष ६ करोड ९ लाख  मुनाफा आर्जन गरेको थियो।   

१५० प्रतिशत हकप्रदका लागि लघुवित्तले ईक्रा नेपालबाट आइपीओ ग्रेड ४ पाएको छ। यसले लघुवित्तको वित्तीय अवस्था औषत भन्दा कम्जोर भएको जनाउँछ। लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved