सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 09:58:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई .३ अर्ब रकम बराबरको ऋणपत्र जारी अनुमति दिएको हो ।

अब बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको ऋणपत्र निष्काशन गर्ने छ । यस ऋणपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी वार्षिक १०.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । बैंकले १२ लाख कित्ता बराबरको  एक अर्ब बिस करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्ने छ ।  बाँकि १८ लाख कित्ता  बराबरको  एक अर्ब अस्सी करोडको ऋणपत्र परिपत्र विधि अर्थात् प्राइभेट प्लेसमेन्ट बाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ । 

यस ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।  यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । ऋणपत्रले केयर एनपी ए माइनसको रेटिंग पाएको छ जसले न्युन कर्जा जोखिम जनाउछ ।

  ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर  व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले  जनाएको  छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved