बिजपाटी सम्बाददाता     Oct 24, 2019 | 08:56:22 AM


tansen

सनराइज बैंक Sunrise Bank Limited  ले कार्तिक २० गते देखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो।

अब बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको ऋणपत्र निष्काशन गर्ने छ । ७ बर्षे अवधिको यस ऋणपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी वार्षिक १०.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । बैंकले १२ लाख कित्ता बराबरको  एक अर्ब बिस करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्ने छ ।  बाँकि १८ लाख कित्ता  बराबरको  एक अर्ब अस्सी करोडको ऋणपत्र परिपत्र विधि अर्थात् प्राइभेट प्लेसमेन्ट बाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ । यो मध्ये ६० हजार कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ । 

लगानीकर्ताले छिटोमा कार्तिक २४ गतेसम्म र सो मिति सम्म पर्याप्त आवेदन नपरेमा मंगसिर १९ गते आवेदन दिन सक्ने छन् ।   ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर  व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले  जनाएको  छ ।  

यस ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।  यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । ऋणपत्रले केयर एनपी ए माइनसको रेटिंग पाएको छ जसले न्युन कर्जा जोखिम जनाउछ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7