मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 01:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले २० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पुँजीको १८.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद  गरी कुल १८.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ६ करोड रहेकोमा २० प्रतिशत हकप्रद पुँजीकरण पछि चुक्ता पुंजी ३ अर्ब ६७ करोड पुग्ने छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved