मेगा बैंकको साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 09:29:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited को लाभांश सुरक्षित गर्ने आज कार्तिक १४ गते अन्तिम दिन रहेको छ  । बैंकले साधारणसभाको लागि कार्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  

बैंकले कार्तिक २९ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा आह्वान गरेको छ । सभामा लाभांश, मर्जर सहितका विभिन्न ८ प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७५/७६ सम्मको मुनाफाबाट र वितरणयोग्य अन्य कोषबाट लगानीकर्तालाई  चुक्ता पुँजीको ११.७५ प्रतिशत हुन् आउने नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले ११.७५ प्रतिशतले हुन् आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ४८ करोड रहेको छ । बैंकले २ अर्ब ७५ करोड पुँजी भएको गण्डकी विकास बैंकलाई गाभ्ने सम्झौता पनि गरेको छ । त्यस्तै बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ  

 यस्ता छन् सभामा पेश हुने प्रस्ताव हरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved