केसिएल अस्टुट र ज्योति लाइफबीच संस्थागत सहकार्यमा सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 01:40:09 PM मा प्रकाशित

laxmi  sunrise bank

केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड KCL ASTUTE  तथा ज्योती लाइफ इन्स्योरेन्सबिच आफ्ना ग्राहकलाई थप सेवा दिने सम्बन्धमा एक सम्झौता भएको छ।  दुवै पक्षबीच आफ्ना ग्राहक,शेयरधनी, कर्मचारी, डिस्ट्रिव्यूटर तथा अभिकर्ता वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएइको छ।   

सम्झौताअनुसार केसीएल क्यापिटलले ज्योति लाइफका ग्राहक, शेयरधनी, कर्मचारी तथा अभिकर्तालाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्क ३३ प्रतिशत छुट प्रदान गर्नेछ। त्यस्तै ज्योति लाइफले केसिएलका ग्राहक, शेयरधनी, डिस्ट्रिव्यूटर तथा कर्मचारीलाई विभिन्न प्रकारका जीवन बीमा योजनामा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ। 

सम्झौतापत्रमा हस्ताक्षर अवसरमा केसिएलका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदी तथा ज्योति लाइफका नायव कार्यकारी प्रमुख प्रकाश खत्री र बैन्कान्स्योरेंस प्रमुख शनानन्दन पोखरेलको उपस्तिथी थियो।    

केसीएल नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन सेवा प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो। केसिएलले नेपालको पुंजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पुंजी बजार बारे जानकार नभएका साथै नेपालको पुंजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन सेवा दिँदै आइरहेको छ। साथै, यस संस्थाले आफ्ना ग्राहकहरुलाई हितग्राही खाताको सेवा समेत प्रदान गर्दछ ।

त्यस्तै ज्योति लाइफ बीमा समितिबाट जीवन बीमा सम्बन्धि सेवा प्रदान गर्नका लागि अनुमति प्राप्त बीमा कम्पनी हो। ज्योति लाइफले देशका विभिन्न ठाउँमा शाखा सञ्जाल विस्तार गरी जीवन बीमा को सेवा प्रदान गर्दै आईरहेको छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved