मर्जपछि बिहिबारबाट एनएमबि बैंकको कारोबार, ओमका सेयरधनी फाइदामा

१ करोड ९१ लाख कित्ता शेयर सुचिकृत
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 04:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि बैंक NMB Bank Limited को १  करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा बैंकको १ करोड ९१ लाख १५ हजार ७ सय ९० दशमलव ५६ कित्ता शेयर सुचिकृत भएको हो ।

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्जभएपछि ओम तर्फबाट आएको शेयर आज सुचिकृत भएको हो । एनएमबि र ओम १०:७६ को स्वाप रेसियोमा मर्ज भएका थिए । 

शेयर सुचिकृत भएसंगै बिहिबार बाट बैंकको NMB सिम्बलमा कारोबार हुने नेप्सेले जनाएको छ । नेप्सेले पहिलो कारोबारको लागि ३५१ रुपैयाँ मूल्य तोकेको छ । अर्थात् ३५१ लाई अघिल्लो दिनको अन्तिम मूल्य मानेर कारोबार गर्न सकिने छ । मर्जमा जानु अगाडी एनएमबिको अन्तिम मूल्य ३८२ थियो भने ओमको १९७ थियो । मर्जर पश्चातको बैंकको चुक्तापुंजी ११ अर्ब ५३ करोड भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved