शिवश्री हाइड्रोको नबिकेको आइपीओ सकार्न क्यापिटलद्वारा अस्विकार

आईपिओ बाँडफांड नै अन्योलमा
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 06:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवश्री हाइड्रो पावरले आईपिओ निष्काशन गर्दा बिक्रि नभएको शेयर प्रत्याभूतकर्ताहरुले खरिद गर्न अस्विकार गरेका छन्। आईपिओ पुरै बिक्रि नभएको खण्डमा बिक्रि नभएको शेयर खरिद गर्ने गरि २ वटा क्यापिटलले सम्झौता गरेका थिए । तर आईपिओ पुरै बिक्रि नभएपनि शेयर प्रत्याभूतिको सम्झौता गरेका प्रत्याभूतकर्ता हरु सीबिआएएल क्यापिटल र मुक्तिनाथ क्यापिटल (साविकको भिबोर क्यापिटलले ) शेयर खरिद गर्न अस्विकार गरेका हुन् । 

कम्पनीले असोज १६ गतेदेखि कार्तिक १५ गतेसम्म ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये २ लाख ६८ हजार ९१ कित्ता सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको थियो  । बाँकि रहेको ३० लाख ८३ हजार ४९ कित्ताको लागि आवेदन दिएका हुन् ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा १७ हजार ८ सय ४९ आवेदकबाट ९ लाख ५ हजार १ सय ७० कित्ताको लागि मात्र आवेदन परेको छ । यो कुल निष्काशन भएको शेयरको ३० प्रतिशत भन्दा पनि कम हो । सम्झौता अनुसार बिक्रि नभएको २१ लाख कित्ता बढी शेयर प्रत्याभूतकर्ताले  आधा -आधा सकार्नु पर्ने थियो । 

दुवै क्यापिटलहरुले बाढीले कम्पनीको आयोजनामा ब्यापक क्षति पुर्याएको तर त्यसको जानकारी आफुहरुलाई नदिएको बिक्रि नभएको श्व्यर स्वीकार गर्न नसकिने बताएका छन् । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । भोटेकोशी नदीमा असार २२ गते आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो । शेयर प्रत्याभूति सम्बन्धि सम्झौता बैशाख ३० गतेदेखि नै भएको थियो । बाढी आएको असारमा थियो । आईपिओ बिक्रि खुला भने असोज १६ गतेबाट मात्र भएको थियो । अर्थात् बाढी आएको ३ महिनापछि मात्र आईपिओ बिक्रि सुरु भएको थियो ।

तर क्यापिटलले भने कम्पनीले आफुहरुलाई बाढीले पुर्याएको क्षतिबारे समयमा नै अधिकारिक रुपमा यथार्थ जानकारी नगराएको र कम्पनीले धेरै जोखिम लिन नसक्ने भन्दै शेयर खरिद गर्न अस्विकार गरेका हुन् । उनीहरुले शेयर खरिद गर्न नक्सने भन्दै कम्पनीलाई पत्राचार गरिसकेका छन भने त्यसको बोधार्थ नेपाल धितोपत्र बोर्डलाई समेत गराई सकेका छन् ।

क्यापिटलका अनुसार आयोजनाबाट असारमा बती बल्ने गरि सम्झौता भएको थियो । तर अब बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजना सकिने समय लम्बिएको छ भने लागत समेत बढेको छ । बाढीको जानकारी नगराएकोले शेयर खरिद गर्न नसकिने क्यापिटलको भनाई छ ।

प्रत्याभूतकर्ता मध्येका एक सीबि आईएल क्यापिटलका एक उच्च कर्मचारी प्राकृतिक विपत आएको अवस्थामा प्रत्याभूति सम्बन्धि सम्झौता मान्न बाध्य नहुने ब्यबस्था देवानी संहिता मै रहेको  दाबी गर्छन ।  प्रत्याभूति सम्बन्धि सम्झौताको कार्यन्वयन मुलुकी देवानी संहिता २०७४ अनुसार हुने सम्झौता मै उल्लेख छ ।  

क्यापिटलले गरेको दाबी जस्तै मुलुकी संहिता २०७४ को दफा ५३१ मा बाढी जस्ता प्राकृतिक प्रकोपका कारण करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भी करार पालना गर्न असम्भव भएमा करार बमोजिमको काम गर्नु नपर्ने उल्लेख छ । यहि दफालाई देखाएर क्यापिटल हरु शेयर सकार्नबाट पछाडी हटिरहेका छन् । 



सर्वसाधारणले शेयरमा लगानी गरिसकेको र अब प्रत्याभूतकर्ताले बिक्रि नभएको बाँकि शेयर सकार्न अस्विकार गरेकोले यो आईपिओ के हुन्छ भन्ने नै अन्योलमा परेको छ । उता धितोपत्र बोर्डले यस सम्बद्धमा के भएको हो, सत्य तथ्य जानकारी गराउन भन्दै दुवै क्यापिटललाई प्रत्रचार गरेको छ । बोर्ड उच्च स्रोत भन्छ ' सम्झौता अनुसार नभएको भए शेयर निष्काशन हुनु भन्दा एक साता अगाडी नै शेयर निष्काशन रोक्न माग गर्ने कानुनी ब्यबस्था थियो , त्यो बेलामा माग नगरिएकोले अब सम्झौता अनुसार नै क्यापिटलले शेयर खरिद गर्नु पर्छ' । तर क्यापिटल भने बाढीको आफुहरुलाई जानकारी नै नदिएको भन्दै शेयर खरिद गर्ने पक्षमा छैनन् । यस संगै आईपिओ बाँडफांड समेत अन्योलमा परेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved