चिलिमेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 10:58:46 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनी Chilime Hydro power Company Limited को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । आज कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र उक्त लाभांश पाउन सक्ने छन् ।

कम्पनीले मङ्सिर  ११ गते साधारणसभा डाकेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता ४ अर्ब ७५ करोड ८१ लाख रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved