चिलिमेको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 10:50:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा चिलिमे जलविद्युत कम्पनी Chilime Hydro power Company Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य ३७५.८३ तोकिएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक २७ गते बुक क्लोज गरेको छ । कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र उक्त लाभांश पाउन सक्ने छन् । कम्पनीले मङ्सिर  ११ गते साधारणसभा डाकेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता ४ अर्ब ७५ करोड ८१ लाख रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved