स्वापमा कुरा नमिलेपछि टुट्यो २ लघुवित्तको मर्जर प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 02:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha Limited  र स्वेडा लघुवित्तको मर्जर प्रक्रिया टुटेको छ। दुई पक्ष बीच स्वाप रेसियमा कुरा नमिलेपछि मर्जर प्रकिया टुटेको हो ।  संयुक्त प्राप्ति समितिको सिफारिसमा नै प्राप्ति प्रक्रिया तोड्ने निर्णय भएको विजय लघुवित्तका कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिए । 

 नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले धादिंगको धुनिवेशीमा रहेको स्वेडा लघुवित्तलाई गाभ्नको लागि गत असार २६ गते सम्झौता भएको थियो  ।  प्रारम्भिक सहमति अनुसार १००:८९ अनुपातको स्वाप रेसियोमा एक्विजिसन हुने बताईएको थियो  । अर्थात् स्वेडाको १०० कित्ता हुने शेयएधनीले विजय लघुवित्तको ८९ कित्ता शेयर पाउने थिए। यद्यपि डिडिए रिपोर्ट अनुसार स्वाप रेसियोमा १० प्रतिशतसम्म तल माथि हुन् सक्ने उल्लेख थियो । 

तर अहिले स्वाप रेसियोमा कुरा नमिलेको भन्दै मर्जर टुटेको हो ।  हाल विजय लघुवित्तको चुक्ता पुंजी १९ करोड ४८ लाख रहेको छ । स्वेडाले भने आईपिओ निष्काशन गरिसकेको छैन ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved