सेयरबजारमा ठूलै समस्या छ, बोर्डले ठूलै समाधानको पहल गरिरहेको छ: डा.अधिकारी

विजय पराजुली

विजय पराजुली

Nov 18, 2019 | 04:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सानो तिनो उपचारले सेयरबजार माथि जाने अवस्थामा नरहेको बताएका छन्। मिडिया इन्टरनेशनले काठमान्डौमा आयोजना गरेको बैंकिङ एक्सपोमा बोल्दै डा अधिकारिले यस्तो बताएका हुन्। 

सेयरबजारमा ठुलै समस्या भएकाले उपचार पनि ठुलै आवश्यक रहेको र त्यस्का लागि धितोपत्र बोर्डले पहल गरिरहेको उनले बताए। 'सेयरबजार माथि उकास्नलाई बोर्डले तिब्र गतिमा ३ खर्ब ६० अर्बको कर्मचारी संचय कोष र १ खर्ब ४० अर्बको नागरीक लगानी कोषलाई बजार निर्माताको  रुपमा विकास गर्न लागिएको छ' उनले भने।   

नागरीक लगानी कोषको स्थापनाको ३ वटा उदेश्य मध्ये एक पुँजीबजारको विकास पनि भएको भन्दै कोषको १० अर्ब मात्रै बजारमा आउने हो भने बजारले गति लिने उनको भनाई छ।

बजार अहीलेको अवस्थाबाट तल नजाने भन्दै बजार घट्नु समस्या मात्रै नभएर नयाँ लगानीकर्ताको बजार प्रवेश गर्ने उपयुक्त समय पनि भएको उनले जीकिर गरे । उनले अब बजार बढ्ने तर बजार अनपेक्षीत रुपमा भने बढ्न नहुने बताए। 

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको चुक्तापुंजी ४ गुणाले बढाएकाले त्यसको असर बजारमा अहिले देखिएको उनले बताए।  उनले भने,' त्यतिबेला बोनस र हकप्रदको आसमा बजार बढ्यो तर अहीले आपूर्ति पनि अंकित मुल्यमा नै छ र बैंकहरुको पुँजी पुगेसँगै बोनस र राइटको अपेक्षा लगानीकर्तामा नभएको कारण मनोबल गिरेको छ'।  

लगानीकर्ताको गिरेको मनोबल उकास्न ठुलै उपचारको खाँचो रहेको उनले औल्याए। तर लगानीकर्ताले भनेजस्तो सेयरबजारमा क्यान्सर लागिनसकेको उनको दाबि छ। उनले २०१८ मा दक्षिण एशियामा भारत पछी सबैभन्दा धरै ४९ अर्बको कारोबर नेपालमा भएको तथ्य पेश गरे। 

यस्तै ब्रोकर कम्पनीले भित्रि कारोबारलाई सघाएका छन् रे भन्ने पत्रकारको प्रश्नमा अधिकारिले भने, ब्रोकरले भन्दा पनि कम्पनीको डाइरेक्टरले भित्रि कारोबारको लागि सहयोग गरेको हुन सक्छ तर ब्रोकरले त्यस्तो गर्न सक्दैनन'। 

यस्तै नेपाल स्टक एक्चेन्जका सिइओ चन्द्र सिंह साउदले अँनलाइन प्रणालीमा कुनै समस्या नरहेको बताइरहँदा डा. अधिकारिले भने केही प्राविधिक  कमजोरी रहेको नेप्सेले नै स्वीकार गरेको र त्यसको हल हुँदैको बताए।

नेप्सेका सीईओ साउदले अनलाइन प्रणालीबारे अनावश्यक टिकाटिप्पणी भएको संकेत गर्दै भने, केहि पत्रकारले इन्टरनेटमा आगो लागेर सिस्टमा अवरुद्ध हुँदा पनि अनलाइन प्रणालीको त्रुटीले गर्दा अनलाइन चलेन भनेर समाचार लेखे। तर बाहिर आएको जस्तो अनलाइन प्रणालीमा समस्या नरहेको उनले स्पष्ट पारे।  

उनले अनलाइन प्रणाली नै प्रयोग नगर्ने लगानीकर्ताले अनलाईन पारदर्शि भएन भनेर मीडियाको दुरुपयोग गरेको आरोप लगाए। त्यस्ता लगानीकर्ताले अनलाईन प्रणालीलाई असफल बनाएर बनाएर पुरार्नै प्रणालीबाट कारोबार गराउने माहोल सृजना गर्न खोजेको सीईओ साउदको दाबि छ।  

यस्तै केही समय अगाडी नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा आफुले कालोधन बन्द हुँदा बजार घटेको भने समाचार सत्य नभएको बताएका छन्।  उनले मल्टी आइडीबाट कारोबार गर्नेहरु अहीले युनीक आइडीमा आएको र युनीक आइडीमा १० लाख भन्दा माथिको कारोबार हुँदा सिधै राष्ट्र बैंकमा रिपोटीङ हुने सिस्टम विकास भएको साथै तिन पुस्ते विवरणको आधारमा एउटा ब्यक्तिको परिवारको कारोबारको समेत कारोबारको निरीक्षण गर्न सकीने हुँदा बजारमा कालोधनको कारोबार हुने अवस्था नरहेको बताएको उल्लेख गरे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved