कोषका कर्मचारीका ३ पुस्तालाई शेयर कारोबारमा बन्देज

भोजभतेरमा समेत जान नपाउने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 05:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले आफ्ना कर्मचारीलाई दोस्रो बजारबाट शेयर कारोबार गर्न बन्देज लगाएको छ । कोषले कर्मचारी आचार संहिता निर्देशिका २०७६ जारि गर्दै कोषका कर्मचारीलाई नेप्सेको दोस्रो बजार मार्फत शेयर खरिद तथा बिक्रि गर्न बन्देज लगाएको हो ।

निर्देशिकाको ४.३ मा कोषका कर्मचारीले गर्न नहुने २० कामको सुची रहेको छ। जसको ५ नम्बर बुंदामा कोषका कर्मचारी र निजको एकाघरको परिवारले दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्नू नहुने उल्लख छ । यस संगै  कोषमा कार्यरत स्थायी तथा करारका कर्मचारीले दोस्रो बजारबाट शेयर खरिद बिक्रि गर्न पाउने छैनन । साथै एकाघरको परिवारलाई पनि यो लागु हुने भएकोले कर्मचारीका श्रीमान/श्रीमति, सगोलका छोरा, बुहारी, अविवाहित छोरी, नाति नातिना समेतले दोस्रो बजारमा कारोबार गर्न नपाउने भएका छन्  । तर, विगतमा खरिद भएको त्यस्ता शेयर बिक्री गर्न भने पाइने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै कर्मचारीले आर्थिक आर्जन हुने  उद्योग व्यवसाय संचालन गर्न र अन्यत्र पारिश्रमिक पाउने गरि  नोकरी स्वीकार गर्न नपाइने निर्देशिकामा उल्लेख छ । निर्देशिकाले कोषका कर्मचारीलाई कोषको कारोबारसंग सम्बन्धित व्यक्ति, संगठित संस्था लगायतले  अनौपचारिक रुपमा आयोजना गरेका कार्यक्रम, समारोह, भोजभतेर वा रिसेप्सनमा भाग लिन बन्देज लगाएको छ ।

त्यस्तै कर्मचारीले सामाजिक, धार्मिक तथा स्वयंसेवक सेवा दिने बाहेक अन्य  गैर सरकारी संस्थाको पदाधिकारी हुन् नपाइने उल्लेख छ ।  यस बाहेक कार्यालय समय अवधिमा कार्य जिम्मेवारीमा रहेका कर्मचारीले मोवाइल वा कम्प्युटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञजालको प्रयोग गर्न नपाउने भएका छन् ।निर्देशिकाले कोषको कामको सिलसिलामा स्थलगत भ्रमणमा जांदा सेवाग्राही सौजन्यतामा होटल खाना, खाजा, लज, सवारी वा अन्य कुनै किसिमको सुविधाको उपयोग वा प्रयोग गर्न रोक लगाएको छ।

कोषको कूनै कर्मचारीले आाचार संहिता उल्लघन गरेमा   कोषको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली अनुसार कारवाही   हुने कोषले जनाएको छ ।  कोषले आचार संहिता स्वीकृत भएपछि लागु हुने जनाएको छ।  स्वीकृतिपछि कर्मचारीले सम्वन्धित महाशाखा/विभागिय/कार्यालय प्रमुखसंग यस आचार संहिता पालना गर्छु भनी सपथ खानु पर्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved