धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन

बोर्ड भित्रबाटै ३ जना आकाक्षी
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 05:01:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष बन्नको लागि ८ जनाले आवेदन दिएका छन् । आवेदन दिने आज शुक्रबार अन्तिम दिन सम्ममा ८ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा धितोपत्र बोर्ड भित्रबाट कार्यकारी निर्देशक निरज  गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बोर्डका हालका संचालक भिष्मराज ढुंगाना रहेका छन् । त्यस्तै बोर्ड बाहिरबाट नेप्सेका पुर्व महाप्रबन्धक सिताराम थपलिया, बोर्डका पुर्व विज्ञ सदस्य  नील बहादुर सारु मगर र ब्रोकर नरेन्द्र सिजापति रहेका छन् । त्यस्तै अन्य २ जनाले पनि अध्यक्ष बन्नको लागि आवेदन दिएका छन् । आवेदन  दिएकाहरुले  बोर्ड सम्बन्धि  कार्य योजना पनि पेश गरेका छन्  ।

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले मङ्सिर ६ गते १५ दिनको म्याद दिएर दरखास्त आह्वान गरेको थियो ।  राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फयुालको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका  राजश्व सचिव शिशिर ढुंगाना र आईक्यानका अध्यक्ष सिए कृष्ण आचार्य सदस्य छन् । संयोजक फुयाल आयोगका आर्थिक क्षेत्र हेर्ने सदस्य हुन् ।

गठित समितिले बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्ने छ । जस मध्ये बाट एक जना बोर्ड अध्यक्षमा नियुक्त हुने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved