१० बैंक बाहेक सबै कम्पनी खराबको सुचीमा (विवरणसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 03:28:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको पहिलो त्रैमासको अध्यावधिक बर्गिकरण सार्बजनिक गरेको छ। नेप्सेले  धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम कम्पनीहरुको बर्गिकरण सार्बजनिक गरेको हो  ।  नेप्सेले यस अघि प्रथम त्रैमासको बर्गिकरण सार्वजनिक गरेकोमा  कम्पनीहरुले प्रमाण सहित गरेको  दाबी अनुसार बर्गिकरण संसोधन गरेको हो । यस अघिको बर्गिकरणमा सनराइज बैंक मात्र ए बर्गमा परेकोमा संशोधित बर्गिकरणमा १० बैंक पर्न सफल भएका छन् जसमा एक विकास बैंक पनि रहेको छ ।

 साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । तर नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ । सोहि अनुसार नेप्सेले  संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्बजनिक गरेको हो ।  

नयाँ बर्गिकरणमा राम्रो मानिने 'ए' मा ९ बाणिज्य बैंक  र एक विकास बैंक पर्दा 'बि' मा ङादी हाइड्रो मात्र परेको छ  । उता नबिल, एभरेष्ट बैंक लगायतका कम्पनीहरु बन्द भैसकेका बुटवल स्पिनिङको बर्गमा बर्गिकरण भएको छ। नेप्सेमा सुचिकृत करिब २०० बढी संस्थाहरु 'जेड' बर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन।  

 सुचिकृत अधिकांश कम्पनीहरुले उपलब्ध गराएको कागजातमा क्रेडिट रेटिङ नभएको पाईएपछि उनीहरुलाई खराब कम्पनीमा बर्गिकरण गरिएको नेप्सेले जनाएको छ। केहि थप बाणिज्य बैंक लगायत अधिकांश कम्पनीहरु राम्रो मानिने ए र बि मा बर्गिकरण हुने अवस्था हुँदाहुँदै पनि उनीहरुले क्रेडिट रेटिङ नगराएकाले खराब मानिने जेड बर्गिकरणमा परेका हुन।


 आर्थिक बर्ष सकिएको ६ महिना बितिसक्दा पनि बार्षिक साधारणसभा नगर्ने, समयमै वित्तीय विवरण प्रकाशित नगर्ने, कर्मकाण्ड पुरा गर्न एउटा पत्रिकामा वित्तीय विवरण प्रकाशित गर्ने र व्यवस्थापकीय विश्लेषण अर्को पत्रिकामा गरि लगानीकर्ताको आँखा छल्ने, बर्षौं बित्दा समेत लाभांश वितरण नगर्ने जस्ता हर्कत गर्ने कम्पनीहरु पनि नेप्सेको बर्गिकरणले नैतिक अप्ठ्यारोमा परेको विश्लेषण गरिएको छ। 

नेप्सेको बर्गिकरणले ठुलो अंकको नाफा कमाउदैमा, बढी लाभांश वितरण गर्दैमा कम्पनी उत्कृष्ट हुन्छ भन्ने मानसिकतालाई परिवर्तन गरि लगानीकर्ताप्रति जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। नेप्सेको बर्गिकरणले सुशासनमा रहन नचाहने कम्पनीहरुलाई लगानीकर्ताको नजरमा गिराउने निश्चित छ। अहिलेको बर्गिकरणले पनि त्यहि बिषयलाई निरन्तरता दिएको सेयर बिज्ञहरुको बुझाई छ।     

कम्पनीको वित्तीय अवस्थाको साथसाथै सुशासनलाई पनि बर्गिकरणले महत्त्व दिएकाले सुचिकृत कम्पनीहरुलाई सेयरधनी बिशेषगरि सर्वसाधारण सेयरधनीप्रति उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। राम्रा मानिने बाणिज्य बैंकहरु समेत खराब बर्गमा रहनुले वित्तीय अवस्था राम्रो हुँदाहुँदै पनि कुनै एउटा आधारमा कमजोर देखियो भने कम्पनीको बर्गीकरण खस्कनसक्ने संदेश दिएको छ।


हेर्नुस नेप्सको पछिलो बर्गिकरण : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved