ब्रोकरबाट ऋण लिन झनै सहज बन्दै, जीवन बिमा कम्पनीमा पनि मार्जिन सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 06:11:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्जिन कारोबार सेवा कार्यान्वयन गर्दा देखा परेका समस्या समाधानका लागि नेपाल स्टक एक्सचेन्जले छलफल अघि बढाएको छ। नेप्सेको सुपरिवेक्षण शाखा प्रमुख सुरेश जोशीको संयोजकत्वमा गठन भएको समितिले मार्जिन कारोबार कार्यन्वयनमा चुनौती आएको र त्यसको समाधानको लागि छलफल थालेको हो। 

ऋण लिएर सेयर खरिद गर्न चाहने लगानीकर्ताको सहजताको लागि ल्याइएको मार्जिन कारोबार कार्यान्वयनमा केहि प्राविधिक बिषय चुनौतीको रुपमा देखिएकाले सोचेजस्तो काम हुन नसकेपछि बिभिन्न व्यवस्थाहरु संसोधनको तयारि गरिएको जनाइएको छ।

धितोपत्रको बजार मूल्यको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासंग आदेश दिनु पूर्व नै सुरु मार्जिन को रुपमा लिनु पर्ने व्यवस्थालाई संसोधन गरि अब ३० प्रतिशतले हुन आउने मात्र लिनु पर्ने प्रस्तावित संसोधनमा उल्लेख छ। यो व्यवस्थाअनुसार यसअघि सेयरकिन्नका लागि लगानीकर्ताले ५० प्रतिशत आफ्नो र ५० प्रतिशत ब्रोकरबाट ऋण लिएर सेयर खरिद गर्न सक्थे भने प्रस्तावित व्यवस्थाअनुसार अब ७० प्रतिशतसम्म ऋण लिन पाइनेछ।   

त्यस्तै मार्जिन कारोबारको सुविधा पाइने कम्पनीको मापदण्डमा समेत संसोधन हुने भएको छ। यसअघिको व्यवस्थाले ३२ कम्पनी मात्रै योग्य भएकाले  त्यसलाई संसोधन गर्ने नेप्सेको तयारि छ। यसअघि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने व्यवस्था रहेकोमा जीवन विमा कम्पनीहरुलाई समेत सामेल गर्ने उदेश्यले जीवन विमा कम्पनीको हकमा आर्थिक वर्ष समाप्त भएको नौ (९) महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको बनाउने नेप्सेको तयारी छ। प्रस्तावीत व्यवस्थाअनुसार जीवन विमा कम्पनीहरु समेत मार्जिन कारोबार सुविधा लिनलाई योग्य हुने देखिन्छन।     

त्यस्तै मार्जिन कारोबार सम्बन्धमा बनेको कार्यविधिमा देखिएका अन्य विविध समस्या समाधानका लागि समेत तिन महले तयार पारिएको छ। करिब १३-१४ वटा व्यवस्थाहरु संसोधनको तयारिमा रहेको नेप्से स्रोतले बिजपाटीलाई जानकारी दिएको छ।  

असार २७ यता २१ वटा सेयर ब्रोकरले मार्जिन कारोबारको अनुमति लिएका छन। भदौ अन्तिम सातादेखि मार्जिन कारोबारको काम गर्न मिलेपनि दशैंको १ हप्ताअघि मात्र ५० नम्बर ब्रोकरबाट मार्जिन कारोबारको सुरुवात भएको हो। त्यसयता एकाध ब्रोकरले मात्र मार्जिन कारोबारको सुविधा दिएका छन। 

ऋण लिएर सेयर खरिद गर्न चाहने लगानीकर्ताको सहजताको लागि ल्याइएको मार्जिन कारोबार कार्यान्वयनमा केहि प्राविधिक बिषय चुनौतीको रुपमा देखिएकाले सोचेजस्तो काम हुन नसकेको ब्रोकरहरुको गुनासो छ। ब्रोकर सँग लिएको ऋण एउटा कम्पनीमा १० प्रतिशत भन्दा बढी लगानी गर्न पाउने व्यवस्थाले पनि लगानीकर्ता आर्कषित हुन नसकेको पाइएको छ।  

मार्जिन कारोबार सेवा के हो ?

शेयर खरिद गर्दा ब्रोकरले ग्राहकलाई दिने ऋण नै मार्जिन कारोबार हो। लगानीकर्ताले आफुले किन्न खोजेको सेयरको आधा पैसा आफै व्यहोर्ने र बाँकी आधा ब्रोकर मार्फत ऋण लिने प्रक्रिया नै मार्जिन कारोबार हो। 

यसरि ब्रोकरबाट ऋण लिए बापत लगानीकर्ताले निश्चित ब्याज तिर्नुपर्छ। यसरि लिईने ऋणको ब्याजदरबारे नेप्सेले केहि नबोलेपनि लगानीकर्ता र ब्रोकरको आपसी सहमतीमा यस्तो ब्याजदर तोकिने प्रावधान छ। 

ब्रोकर मार्फत मार्जिन कारोबारको सुविधा लिएर खरिद गरिएको सेयरको लागि लगानीकर्तासंग अलग्गै डिम्याट, केवाईसी खाता हुनुपर्छ। अहिलेको अवस्थामा ब्रोकरको मार्जिन लेन्डिंङ खाता भएको ठाउँबाट नै ऋण लिने ग्राहकले डिम्याट खाता खोल्नुपर्छ। 

सबै प्रक्रिया पुरागरे पश्चात ब्रोकरबाट प्राप्त हुने मार्जिन लोन लगानीकर्ताले व्याजसहित निश्चित अवधिमा भुक्तानी गर्नु पर्छ। यदी ग्राहकले सो रकम नतिरेमा धितोपत्र बेचेर ब्रोकर कम्पनीले अशुल्न सक्ने अधिकार दिइएको हुन्छ। आफ्नो रकम अशुलेपछि बाँकी रकम भने सम्बद्ध ग्राहकलाई दिनुपर्दछ। 

यसअघि: मार्जिन कारोबारको गाँठो फुकाउन उपसमिति गठन, लगानीकर्ता जिल्याउँदै नेप्से र ब्रोकर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved