निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 10:33:48 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited को शेयरमूल्य समायोजन भएको छ  । २५ प्रतिशत बोनस शेयरमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य ७७८.४० रुपैयाँ तोकिएको छ  ।

कम्पनीले  लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट  २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश गरी कुल  ४०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  । कम्पनीले पुस १३ गते आइतबार नक्साल स्थित सेलिब्रेसन ब्यांक्वेटमा सभा आह्वान गरेको छ। 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ३० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर २९ गतेसम्म कायम शेयरधनीए मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २० करोड छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved