नेप्सेमा ५० हजार कित्ता ऋणपत्र कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 03:01:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा बुधबार लामो समयपछि ऋणपत्रको कारोबार भएको छ । बुधबार नेप्सेको अनलाइन प्रणाली मार्फत संस्थापक ऋणपत्र २ वटा कारोबार भएको हो ।

नेप्सेका अनुसार बुधबार १० प्रतिशत सानिमा डिबेन्चर, २०८५ को २५ हजार कित्ता किनबेच भएको हो । यो ऋणपत्र एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ ले बेचेको हो भने एनएमबी हाइब्रिड फण्डले खरिद गरेको हो । 

त्यस्तै अर्को कारोबारमा सोहि ऋणपत्र  एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ एनएमबि ५० लाई २५ हजार कित्ता बिक्रि गरेको हो।  दुवै ऋणपत्र प्रति कित्ता ९सय ६३ मा कारोबार भएको नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार दुई पटक गरी ४ करोड ८१ लाख ५० हजार बराबरको ऋणपत्र कारोबार भएको भएको हो । यस अघि गत असार १ गते सानिमा कै ४२ कित्ता ऋणपत्र बिक्रि भएको नेप्सेले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved