साताको नेप्से : शिर्ष स्थानमा शिवम सिमेन्ट, नेपाल बैंक र टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 02:45:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यस साता शिवम सिमेन्टको शेयर सबैभन्दा बढी पटक कारोबार भएको छ । शिवमको शेयर ३ हजार ६९ पटक कारोबार भएको हो । त्यस्तै नेपाल बैंकको शेयर १२५९ पटक कारोबार भएको छ भने एनएमबी बैंकको शेयर १२ सय १९ पटक कारोबार भएको छ ।

सबै भन्दा धेरै शेयर भने नेपाल बैंकको कारोबार भएको छ । नेपाल बैंकको १० लाख ४४ हजार कित्ता शेयर कारोबार भएको हो । त्यस्तै शिवम सिमेन्ट सिमेन्टको ५ लाख ८० हजार कित्ता र एनसीसी बैंकको ३ लाख ५८ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता बजार पुँजीकरणको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडी छ । टेलिकमको पुँजीकरण ९८ अर्ब ५५ करोड रहेको छ। पुँजीकरणको हिसाबले दोस्रो नम्बरमा नबिल बैंक र तेस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ ।

कारोबार रकमको हिसाबले यस साता नेपाल बैंक अगाडी रहेको छ । नेपाल बैंकको ३२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ  । रकमको आधारमा बढी कारोबार हुनेको दोस्रो र तेस्रो स्थानमा क्रमश शिवम सिमेन्ट र नागरिक लगानी कोष रहेका छन्  । यस साता नेप्से सूचक १७.७७ अंकले बढेको छ । आइतबार बजार सुरु हुनु भन्दा अगाडी ११४९.६५ रहेको नेप्से सूचक बिहिबार बजार बन्द हुँदा ११६७.४२ को बिन्दुमा पुगेको छ । 

त्यस्तै यस साता नेप्सेमा कामना सेवा विकास बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र एभरेष्ट बैंकको शेयर सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved