'अर्थमन्त्री परिवर्तनले शेयरबजारलाई असर गर्दैन'

लगानीकर्तालाई धितोपत्र बोर्डले सिकायो शेयरमा लगानी गर्ने तरिका
चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 29, 2019 | 10:23:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले जलविद्युतमा लगानी सम्बन्धि नीति नबनेको कारण जलविद्युतको लगानी अन्यौलमा भएको जनाएको छ । नीति स्पष्ट नभएको र मोडालिटी समेत तय नभएका कारण जलविद्युतको लगानी अन्यौलमा भएको बोर्डले जनाएको हो ।

बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा सञ्चालन गरेको २० औं औद्योगिक व्यापार मेलामा आयोजित ‘पुँजीबजार सम्बन्धि सचेतना तथा अन्तरक्रिया’ कार्यक्रममा बोर्डका निर्देशक नारायण शर्माले यस्तो बताएका हुन् । उनले  नीति नै स्पष्ट नहुँदा  १६ वटा जलविद्युत कम्पनीको शेयर सय भन्दा तल झरेको जानकारी गराए । हाइड्रो कम्पनी ३० बर्षपछि सरकारको स्वामित्वमा जाने उल्लेख रहेको तर त्यसको मोडालिटी अझै एकिन नहुँदा सस्म्य भएको उनले बताए । 

 उनले शेयर बजारमा भएको लगानीले पुँजी पलायनलाई रोक्ने र उक्त रकम नेपालमै लगानी समेत हुने भएकाले कम्पनीको अवस्था बुझेर मात्रै लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । निर्देशक शर्माले शेयर मार्केटलाई समावेशी बनाउनकालागि लिईएको १० कित्ते नीतिले शेयरमा लगानी गर्न चाहनेहरु सबैको हातमा शेयर पुगेपनि वेच्नकालागि समस्या भएको उल्लेख गरे । 

शेयरमा लगानी गर्दा नेट वर्थ, प्रति शेयर आम्दानी, मुल्य, कम्पनीका सञ्चालकहरुको गुडवील लगायतका कुराहरुलाई हेर्न पनि उनले सुझाव दिए। नेपालमा अर्थमन्त्री परिवर्तन, मन्त्रीका अभिव्यक्तिले समेत शेयर मार्केटमा उतार चढाव आउने गरेको बताउँदै उनले वास्तवमै शेयर मार्केटमा  कुनै असर नगर्ने उल्लेख गरे । 

गत आर्थिक वर्षदेखि अनलाईनबाटै शेयर खरिद बिक्रि गर्न सकिने व्यबस्था मिलाएकाले त्यसमा समेत गहिरो अध्ययन गरेर लगानी गर्ने सुझाव दिए। भारित औसत लाभकर (डब्लु.ए.सी.सी.) पेन्डीङ् हुँदा शेयर बिक्रिमा समस्या भयो भन्ने सहभागिको जिज्ञाशामा उनले आफुले खरिद गरेको शेयरको मूल्य आफैले स्वघोषणा गर्दै जानुपर्ने सुझाव दिए।  सहभागिको जिज्ञाशामा डेरीभेटिभ मार्केटलाई दर्ता आह्वान मात्रै गरिएकाले अहिलेसम्म सूचिकृत नभएको जानकारी गराए । 

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार जीवनप्रसाद ओझाले शेयरमा लगानी गर्न चाहनेले लगानी सुरक्षाकालागि कम्पनी, त्यसको कारोवार, अवस्था सबै कुरा बुझेर मात्रै लगानी गर्नुपर्ने सुझाव राखे । उनले प्रदेश पाँचको राजधानी समेत रहेको बुटवलको औद्योगिक बिकास र कारोवार पनि बढी भएकाले शेयरमा लगानी सम्भावना पनि रहेकाले शेयर कारोवार सम्बन्धि जनचेतामुलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न धितोपत्र बोर्डलाई पनि आग्रह गरे । 

संघका उद्योग उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका उपसंयोजक अनिलप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शेयर मार्केटमा भएका सम्भावना, चुनौती र अवसरका बारेमा जिज्ञासा सहित त्यसका सवल र दुर्वल पक्षका बारेमा जानकारी लिएका थिए । त्यस अवसरमा शेयर ब्रोकर आर्यतारा ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटी कम्पनीका टेकराज भट्टराईले शेयर लगानीकर्ताहरुलाई कुनै अन्यौल भएमा आफूहरु सुझाव सल्लाहको लागि तयार रहेको जानकारी गराए । 

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालित मेलाका अवसरमा संघले यस बाहेक आगामी १७ गते बिहिबार बिहान ‘नयाँ सम्भावनाको पर्खाइमा बटौली’, १९ गते शुक्रबार बिहान ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ः सम्भावना र चुनौती’, र २१ गते सोमबार ‘नयाँ बुटवलको आधार ः सुन्दर र व्यबस्थित बजार’ बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved