२ वाणिज्य बैंक सहित ४ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 10:48:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ वाणिज्य बैंक सहित ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आइतबार नेपाल बैंक, कृषि विकास बैंक, नेरुदी लघुवित्त र विजय लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।

नेपाल बैंकको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको मूल्य २७५.६५ कायम भएको छ । त्यस्तै कृषि विकास बैंकको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य ३९३.४० तोकिएको छ ।

नेरुदी लघुवित्तको समायोजनपछिको मूल्य ४८६.०९ तोकिएको छ । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । त्यस्तै विजय लघुवित्तको पनि १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य ६२३.४८ तोकिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved