४ कम्पनीको शेयर मूल्य समायोजन, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 10:22:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज नेप्सेमा २ लघुवित्त र २ विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।

आज नेपाल सेवा लघुवित्तको २.५० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछिको कम्पनीको शेयर मूल्य ४८७.८० कायम भएको छ । त्यस्तै समिट लघुवित्तको २१.१० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछिको कम्पनीको शेयर मूल्य ५४०.९० कायम भएको छ ।

त्यस्तै सिन्धु विकास बैंकको ११.५१ प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछिको कम्पनीको शेयर मूल्य ११८.३७ कायम भएको छ । साथै ज्योति विकास बैंकको १२.७५ प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछिको कम्पनीको शेयर मूल्य १४९.८९ कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved