मिडियाका मालिक नै धितोपत्र बोर्डका अध्यक्षका दाबेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 01:47:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षको सिफारिसमा परेको तीन मध्ये एक जना मिडिया कै संचालक रहेको पाईएको छ । अन्तिम तीन को सिफारिसमा परेका डा. केशव प्रसाद श्रेष्ठ शेयर बजार सम्बन्धि एक अनलाइन न्युज पोर्टलको अध्यक्ष रहेको खुल्न आएको हो । 

उनी म्याक्स भिजन कम्पनीका पनि अध्यक्ष हुन् । यहि कम्पनीले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन समेत दिएको थियो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक समेत चयन गरिसकेको थियो । सम्झौतामा उनै श्रेष्ठले हस्ताक्षर गरेका थिए ।  कम्पनीले ५ करोड बराबरको शेयर निष्काशनको तयारी गरेको थियो । जुन अझै बोर्डको पाईपलाइन मै छ ।

श्रेष्ठको अन्य इन्भेस्टमेन्ट कम्पनी पनि रहेको स्रोत बताउछ । त्यस्तै श्रेष्ठ आईएनजिओ निकट व्यक्ति पनि हुन् । उनी केयर नेपाल, प्लान इन्टरनेशनल लगायतका आईएनजिओमा फाइनान्स अफिसरको रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् । 

 नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत कम्पनीहरुको मूल्य संवेदनशील सूचना बोर्डलाई थाहा हुने गर्छ । त्यहि संस्थाको अध्यक्षमा मिडिया मालिक पनि सिफारिसमा पर्नुले सिफारिस समितिमाथि नै प्रश्न चिन्ह खडा भएको छ। 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्नको लागि योजना आयोगका सदस्य रामकुमार फुयाँलको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले अध्यक्षको लागि भिष्मराज ढुङ्गाना, निरज गिरी र श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

एनसेल प्रकरणमा जोडिए धितोपत्र बोर्डका अध्यक्ष दाबेदार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved