नबिल इ्रन्भेष्टमेण्ट बैकिंङले बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । कम्पनीले अँग्रेजी नयाँ वर्षको अवसर पारेर
संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार यो
वित्तीय तथा लगानीका
क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको
परामर्श सेवा हो । यसबाट लगानी
कर्ता, व्यवसाय गर्न चाहने
व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा
संस्थाहरुका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।
यस सेवा अन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धि परामर्श, कर्जा तथा ऋण सम्बन्धि परामर्श, पूँजी संरचना सम्बन्धि परामर्श, दैनिक कार्यसंचालन पूँजी व्यवस्थापन
सम्बन्धि वित्तीय परामर्श, व्यापार
पुनर्रसंरचना÷पुनर्रगठन
सम्बन्धि वित्तीय परामर्श, व्यापार÷व्यावसाय विस्तार सम्बन्धि परामर्श, व्यापार सुरु गर्ने सम्बन्धि परामर्श प्रदान गरिने
कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श, पोर्टफोलियो संरचना निर्माण सम्बन्धि
परामर्श, पोर्टफोलियो फेरबदल÷पुनरसंरचना सम्बन्धि परामर्श, शेयर खरिद÷बिक्री गर्ने निर्णय सम्बन्धि परामर्श, निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श, सम्पत्ति÷धन व्यवस्थापन सम्बन्धि परामर्श , व्यापार रणनीति सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि परामर्श प्रदान गरिने
कम्पनीले जनाएको छ । यस्तो सेवा सेवा विस्तार गर्ने नबिल
इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यी सेवा सार्वजनिक विदाको दिन वाहेक प्रत्येक शुक्रवार बिहान १० बजे देखि दिनको १ बजेसम्म संचालनमा रहने छ । मासिक एक हजारमा यो सेवा लिन सकिने कम्पनीले जनाएको छ ।