साताको नेप्से: शिर्ष स्थानमा माछापुच्छ्रे बैंक र नेपाल टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 03:22:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यस साता एनआईसी एसिया बैंकको शेयर सबैभन्दा बढी पटक कारोबार भएको छ । बैंकको शेयर १७ सय २४ पटक कारोबार भएको हो । त्यस्तै ग्रामिण विकास लघुवित्तको १४ सय ५२ पटक, र शिवम सिमेन्टको शेयर १२ सय ६५ पटक कारोबार भएको छ । 

 सबै भन्दा धेरै शेयर भने माछापुच्छ्रे बैंकको कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ११ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको हो । त्यस्तै एनआईसी एसिया बैंकको ५ लाख ७५ हजार कित्ता र प्रभु बैंकको ४ लाख ९९ हजार कित्ता शेयर कारोबार भएको छ । यस सातापनि बजार पुँजीकरणको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडी छ । टेलिकमको पुँजीकरण ९३ अर्ब  रहेको छ। पुँजीकरणको हिसाबले दोस्रो नम्बरमा नबिल बैंक र तेस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ ।

कारोबार रकमको हिसाबले यस साता माछापुच्छ्रे बैंक अगाडी रहेको छ । माछापुच्छ्रे बैंकको २६ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ  । रकमको आधारमा बढी कारोबार हुनेको दोस्रो र तेस्रो स्थानमा क्रमश एनआईसी एसिया बैंक र सिभिल बैंकको संस्थापक शेयर रहेका छन्  । यस साता नेप्से सूचक ४५.६९ अंकले बढेको छ । आइतबार बजार सुरु हुनु भन्दा अगाडी ११६७.४२ रहेको नेप्से सूचक बिहिबार बजार बन्द हुँदा १२१३.११ को बिन्दुमा पुगेको छ । 

त्यस्तै यस साता नेप्सेमा अपि पावर, ग्लोबल आईएमई बैंक, नेशनल लाइफ इन्स्योरेन्स र जनउत्थान सामुदायिक लघुवित्तको   शेयर सुचिकृत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved