नागवेली लघुवित्तले हकप्रद निष्काशन गर्ने, साधारणसभाको लागि बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 12:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नागवेली लघुवित्त Nagbeli Laghubitta Bikash Bank Limited  ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १३ गतेको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  जस अनुसार माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभाआ भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । 

कम्पनीले आर्थिक बर्षको ७५/७६ को मुनाफाबाट २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत अर्थात २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् 

कम्पनीले साधारणसभामा हकप्रद निष्काशन प्रस्ताव समेत पेश गर्ने भएको छ । कम्पनीले २६ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved