२ लघुवित्तबीच मर्जर सम्झौता, चैत्र मसान्तसम्म प्रक्रिया सक्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 03:40:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई गाभ्ने भएको छ । पुस २७ गते २ कम्पनीबीच मर्जर सम्झौता भएको हो । सम्झौतामा मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहरा र स्वेडाका अध्यक्ष रिता देवकोटा बस्नेतले हस्ताक्षर गरेका छन् 

सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम मिर्मिरे लघुवित्त रहने छ भने केन्द्रीय कार्यालय काभ्रे मै रहने छ । मर्जर पश्चात कम्पनी राष्ट्रियस्तरको लघुवित्त बन्ने छ । मर्जर प्रक्रिया पुरा गर्नको लागि दुवै संस्थाका एक-एक संचालक रहेको समिति गठन भएको छ । समितिमा मिर्मिरेको तर्फबाट सन्तोष फुयाल र स्वेडाको तर्फबाट दिपक राज पाण्डे रहेका छन् 

आगामी चैत्र मसान्तसम्म प्राप्ति प्रक्रिया सम्पन्न गरि सक्ने सम्झौतामा उल्लेख छ । प्रक्रिया पुरा भएपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने सहमति पनि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved