नेप्सेको बाँकि शेयर विदेशी लगानीकर्तालाई दिन माग, संचय कोषले पनि देखायो इच्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 03:09:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको साधारणसभामा नेप्सेमा विदेशी लगानीकर्ता भित्र्याउनेबारे छलफल भएको छ । आज भएको साधारणसभामा केहि लगानीकर्ताले नेप्सेमा विदेशी लगानीकर्ता भित्र्याउन माग गरेका हुन् । 

साधारणसभामा ब्रोकर इश्वरी प्रसाद रिमाल  र परमेश्वर भक्त मल्लले विदेशी लगानीकर्ता ल्याउँन आग्रह गरेका हुन् । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको १४.६० प्रतिशत शेयर बेच्ने तयारी गरेकोले ति शेयर विदेशी लगानीकर्तालाई दिन उनीहरुले माग गरेका हुन् । अन्तर्राष्ट्रिय अभ्यासमा पनि यस्तो देखिएकोले नेप्सेमा विदेशी स्टकको लगानी ल्याउनु पर्ने उनीहरुले सुझाव दिएका हुन् । विदेशी लगानीकर्ता ल्याउँदा उनीहरुले सफ्टवेयरमा लगानी गर्ने र नेप्से कै प्रणाली अन्तर्राष्ट्रिय स्तरको हुने उनीहरुको भनाई छ । 

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, तथा प्रभु र लक्ष्मी बैंकको समान पाँच/पाँच प्रतिशत स्वामित्व छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत र ब्रोकरहरुको ०.६२ प्रतिशत शेयर स्वामित्व छ । यस अघि नेपाल राष्ट्र बैंकसँग ३६.६० प्रतिशत रहेकोमा उसले शेयर लिलाममा राख्दा २० प्रतिशत मात्र बिक्रि भएको थियो । राष्ट्र बैंकले अझै पनि  १४.६० प्रतिशत शेयर बेच्न बाँकि छ । नेप्सेको साधारणसभामा यहि बाँकि शेयर विदेशी लगानीकर्तालाई दिनको लागि आवाज उठेको हो ।

लगानीकर्ताबाट आवाज उठेपछि नेपाल राष्ट्र बैंकले पनि विदेशी स्टक मार्केट (विदेशी लगानीकर्तालाई) दिन आफु सकारात्मक रहेको जनाएको छ । नेप्सेको साधारणसभामा राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने संचालकले विदेशी लगानीकर्तालाई शेयर दिन सकारात्मक रहेको र यसबारे  थप छलफल गरेर अगाडी बढ्ने जनाएका हुन् । 

उता कर्मचारी संचय कोषले बाँकि रहेको यो शेयर पनि खरिद गर्न इच्छा देखाएको छ । कोषले यस अघि नै राष्ट्र बैंक समक्ष बाँकि शेयर खरिद गर्नको लागि आशयपत्र पेश गरिसकेको छ । संचय कोष स्रोतले पनि सम्भव भएसम्म पुरै शेयर नभए बाँकि मध्ये १० प्रतिशत शेयर खरिद गर्नको लागि तयार रहेको जनाएको छ । तर बाँकि शेयर बिक्रिबारे राष्ट्र बैंकले कुनै सूचना निकालेको छैन । 

संचय कोषले थप १० प्रतिशत शेयर पाएमा कोषसँग नेप्सेको २० प्रतिशत शेयर हुने छ भने नेपाल सरकारपछि दोस्रो ठुलो लगानीकर्ता बन्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved