ब्रोकरले उपत्यका भित्रै मागे थप १५० शाखा खोल्ने अनुमति, इन्स्योरेन्सलाई व्यङ्ग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 04:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकलाई ब्रोकर लाईसेन्स दिने चर्चा चलिरहँदा ब्रोकरहरुले भने उपत्यका भित्रै थप १५० शाखा खोल्ने अनुमति माग गरेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेको साधारणसभा नेप्सेका लगानीकर्ता समेत रहेका ब्रोकरहरुले थप शाखाको अनुमति दिन माग गरेका हुन् । नेप्सेमा ब्रोकरहरुको ०.६२ प्रतिशत शेयर स्वामित्व छ 

साधारणसभामा ब्रोकर मेघनाथ उपाध्यायले उपत्यका मै ब्रोकरको कमी भएकोले ५० वटै ब्रोकरलाई ३ वटा शाखाको दरले १५० शाखा खोल्न अनुमति दिन माग गरेका हुन् । बजार बढ्ना साथ ब्रोकर हाउसमा भिड बढ्ने र सेवाग्राहीले नै सहज रुपमा सेवा नपाउने गुनसो गरेकोले थप शाखा आवश्यक भएको बताएका हुन् । उनले ब्रोकरहरु एकै स्थानमा रहेकोले पनि उपत्यकाका ३ वटै जिल्लामा थप शाखा खोल्न अनुमति दिन माग गरेका हुन् 

त्यस्तै ब्रोकर परमेश्वर भक्त मल्लले पनि ५० ब्रोकर हुँदा कुल सेवाग्राही कति थिए र अहिले कति बढेका छन् अध्ययन गरेर थप ब्रोकर लाईसेन्स दिन माग गरे । उनले व्यङ्ग्य गर्दै वाणिज्य बैंकलाई मात्र नभई संख्याबारे अध्ययन गरेर बैंक, विकास बैंक र इन्स्योरेन्सलाई समेत ब्रोकर लाईसेन्स दिन माग गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved