अनलाइन ट्रेडिङबारे नेप्सेको साधारणसभामा रोचक सवाल जवाफ (भिडियोसहित)

ब्रोकर भन्छन् 'दैनिक हजार बढी समस्या आउछ'
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 04:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अनलाइन ट्रेडिङ सिस्टममा दैनिक हजार भन्दा बढी समस्या आउने गरेको भन्दै ब्रोकरहरुले त्यसको समधान गर्न आग्रह गरेका छन् । नेप्सेको साधारणसभा नेप्सेका लगानीकर्ता समेत रहेका ब्रोकरहरुले अनलाइन ट्रेडिङको समस्याबारे संचालकहरुलाई जानकारी गराएका हुन् । नेप्सेमा ब्रोकरहरुको ०.६२ प्रतिशत शेयर स्वामित्व छ । 

ब्रोकर परमेश्वर भक्त मल्लले अनलाइन ट्रेडिङमा दैअनिक हजार बह्न्दा बढी समस्या आउने गरेको दाबी गरेका हुन् । उनले नेप्सेको वेबसाइटमा  र अनलाइन ट्रेडिङमा कम्पनीको सुचिकृत कित्ताको पनि फरक विवरण हुने गरेको बताए । उनले ग्राहकको ठेगानामा सबैको ठेगाना भोजपुर रहेको उल्लेख गर्दै यसबारे सिस्टम निर्माण गरेको कम्पनी वाईकोलाई जानकारी गराउदा सम्स्धन गर्न नसक्ने बताएको गुनासो गरे । उनले भने 'अनलाइनको सिस्टममा बेसिक चिंजको पनि सचि सूचना छैन '। 

जवाफमा नेप्सेका सीइओ चन्द्र सिंह साउदले सिस्टममा नेप्से र वाईको कम्पनीको तर्फबाट कुनै समस्या नरहेको बताए । उनले भने ' केहि समस्या छैन, ब्रोकरको कम्पुटरमा कनेक्सन छुट्दा समेत नेप्सेलाई दोष नदिनुस्' । उनले ब्रोकरहरुले टेक्निकल समस्या नबुझेको भन्दै सबै ब्रोकरलाई आईटी इन्जिनियर राख्न अनुरोध गरे ।  उनले विश्वको कुनै पनि देशको स्टकले बैंक इन्तिग्रेसनको काम नगरेको तर नेप्सेले भने बढी काम गरेको भन्दै धेरै भार भएको गुनासो गरे ।  

उनले नेप्सेले आईटी पोलिसी ल्याउने र त्यसपछि ब्रोकरहरुलाई टिएमएसको वुबिधा दिने तयारी गरेको भन्दै त्यसपछि ब्रोकर आफैले आफु अनुकुलको सिस्टम बनाउन सक्ने बताए ।  उनले अनलाइन कारोबारमा मात्र २५प्रतिशत् अग्रिम डिपोजिट राख्नु पर्ने नभई अफलाईंन कारोबारमा पनि अग्रिम डिपोजिट राख्नु पर्ने नियम गरेको स्मरण गराए । उनले यसबारे आगामी दिनमा कडाई गर्ने संकेत गरेका छन् । 

ब्रोकरहरुले अनलाइन सिस्टममाथि धेरै प्रश्न गरेपछि सीइओ साउदले नेप्सेका आईटी प्रमुख निरन्जन सिंह नायकलाई नै अगाडी बोलाएर उत्तर दिन लगाएका थिए । 

हेर्नुस भिडियो : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved