सेयर कारोबारमा पुँजीगत लाभकर घट्ने संकेत,राफसाफको अवधि घटाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 06:59:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युबराज खतिवडाले सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने संकेत गरेका छन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले लाभकर ५ प्रतिशतबाट घटाउन सरकार तयार भएको बताएका छन। अर्थमन्त्री खतिवडाले बजेटमार्फत पुँजीगत लाभकरमा व्यक्तिगतलाई ७.५ बाट घटाएर ५ प्रतिशत तथा संस्थागतलाई १० नै कायम गरेका थिए।  

त्यस्तै अर्थमन्त्री खतिवडाले पुँजीको संरचनात्मक परिवर्तनले बजारलाई सुधारात्मक परिवर्तनमा अझै अगाडी पुर्याउन सक्ने बताउदै सामुहिक लगानी कोष सम्बन्धी नियमावली केहि दिनमा आउने बताए। 

त्यस्तै अर्थमन्त्री खतिवडाले कारोबार राफसाफ दुई दिनमा हुने व्यवस्था गर्नलाई नेप्सेलाई निर्देशन दिएका छन। एकै दिनमा कारोबार राफसाफ हुने व्यवस्था हुँदा झनै राम्रो हुने बताउदै उनले हाललाई कम्तिमा दुई दिनमा राफसाफ हुने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। 

दुई दिनमा कारोबार राफसाफ हुँदा थोरै पैसाले पनि धेरै कारोबार हुने बताउदै उनले यस व्यवस्थाले ब्याजको दर महँगो भयो भनेर बालुवाटार फर्केर हेर्नु पर्ने अवस्था नरहने बताए। 

बजारमा नयाँ लगानीकर्ताको पनि प्रवेश हुने भएकाले नयाँ सेयर थपिए भनेर चिन्ता नलिनलाई लगानिकर्तालाई सुझाब दिएका छन। लगानी एउटा दौड भएको बताउदै उनले दौडिनका लागि शक्ति चाहिने बताएका छन। आवश्यक पर्दा होल्ड गर्ने क्षमता बनाएर मात्र सेयर लगानी गर्नुपर्ने उनको आशय रहेको छ।

सेयरबजारमा म्यानुपुलेशन गर्न नहुने संकेत गर्दै अर्थमन्त्री खतिवडाले यसलाई आफ्नै शैलीमा अगाडी बढ्न दिनुपर्ने बताए। उनले तापक्रमको उदाहरण दिंदै शरीरमा सन्तुलित तापक्रम रहेमा मात्र व्यक्ति स्वस्थ रहने बताउदै बजार पनि अनावश्यक घटबढ हुन् नहुने बताए। 'जसरि शरीरको तापक्रम बढी हुँदा पानिपट्टि र घटी हुँदा हाईप्राेथमिया भन्ने रोग आउँछ, त्यसैगरि सेयरबजारमा पनि अनावश्यक घटबढले समस्या निम्तिन्छ।'    

 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved