किसान लघुवित्तले गर्यो अर्को मर्जर सम्झौता, मर्जर पश्चात एफपिओ

३ संस्था एक हुदै, पुँजी ५० करोड नाघ्ने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 06:10:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो मर्जर प्रयासमा असफल भएको किसान लघुवित्तले अर्को मर्जर सम्झौता गरेको छ । सुदुरपश्चिमको कैलालीमा केन्द्रिय कार्यालय रहेको एनआरएन लघुवित्तले कैलालीमै केन्द्रिय कार्यलय रहेको किसान लघुवित्त र काभ्रेको नमोबुद्ध नगरपालीकामा केन्द्रिय कार्यलय रहेको दिब्य लघुवित्तसँग मर्जर गर्ने सम्झौता गरेको हो ।

तिनवटा लघुवित्तहरुले बुधबार मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । आगामी फागुन मसान्त अथवा ढीलामा बैशाख भित्र मर्जर प्रक्रिया सक्ने प्रारम्भिक सम्झौता भएको बताइएको छ । सम्झौता अनुसार १ बराबर १ को स्वापमा मर्जमा जाने तर डिडिए रिपार्टको आधारमा यसमा केही परिवर्तन हुने सक्ने सम्झौता गरेका एक लघुवित्तका अधिकारीले जानकारी दिए ।

मर्जपछि बन्ने संस्थाको नाम एनआरएन लघुवित्त हुने र संस्थाको अध्यक्ष र सिइओ पनि एनआरएन बाट नै हुने बताइएको छ । एनआरएन लघुवित्तले यसअघि नै रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तलाई मर्ज गरीसकेको छ ।

हाल एनआरएन लघुवित्तको चुक्ता पुँजी ३१ करोड रुपैयाँ रहेका छ । त्यस्तै गत आर्थिक वर्षको मुनाफाबाट २४ प्रतिशत बोनस शेयर दिएको किसान लघुवित्तको ११ करोड २४ लाख भन्दा माथि रहेको छ । दिब्य लघुवित्तको ७ करोड ७० लाख रहेको छ । मर्जरपछि बन्ने संस्थाको चुक्ता पूंजी ५१ करोड पुग्ने छ भने मर्जर पश्चात एफपिओ निष्काशन गर्ने सहमति भएको छ ।

किसानले यसअघि काभ्रेको मिर्मिरे र झापाको नागवेलीसँग गरेको मर्जर सम्झौता तोडिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved