धितोपत्र बोर्डको विज्ञ सदस्यमा पौडेल

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 21, 2020 | 06:10:25 PM मा प्रकाशित

nj

नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा अशोककुमार पौडेल नियुक्त भएका छन् । बोर्डको मंगलबार बसेको संचालक समितिको बैंठकले पौडेलाई विज्ञ सदस्यमा नियुक्त गरेको हो । विज्ञ सदस्य भिष्मराज ढुङ्गाना अध्यक्ष बनेपछि रिक्त रहेको पदमा पौडेल नियुक्त भएका हुन् । 

अर्थमन्त्री डा. युवराज खतिवडा निकटका भनेर चिनीएका पौडेल नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । अर्थमन्त्री खतिवडाले पौडेललाई पुर्नबीमा कम्पनीको सिइओ बनाउने प्रयास गरेपनी त्यसमा असफल भएका थिए । 

पुर्नबीमाको सिइओमा शंकरकुमार रायमाझी नियुक्त भएपछी अर्थमन्त्री खतिवडाकै चाहानामा पौडेललाई बोर्डको विज्ञ सदस्यमा नियुक्त गरिएको बताईन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved