मर्जमा जाने भएपछि महुली लघुवित्तको कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 09:48:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महुली लघुवित्त Mahuli Samudayak Laghubitta Bittiya Sanstha Limited को कारोबार रोक्का गरिएको छ । कम्पनीले नव किरण लघुवित्तसँग मर्जर सम्झौता गरेसंगे कारोबार रोक्का भएको हो 

महुलीले बुधबार मर्जर सम्झौता गरेको हो । बुधबार नै मर्जरबारे नेप्सेमा जानकारी गराईए पनि जानकारी कारोबार समयमा आएकोले बुधबार कारोबार रोक्का नगरिएको नेप्सेले जनाएको छ । 

नेपाल राष्ट्र बैंकबाट लाइन्सेस पाएको एक महिना पनि नपुग्दै नव किरण लघुवित्तले मर्जर सम्झौता गरेको हो ।  सम्झौतामा महुलीको तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरणको तर्फबाट मोहन हरि आचार्यले हस्ताक्षर गरेका हुन् । नव किरणले गत पुस ९ गते मात्र राष्ट्र बैंकबाट लाईसेन्स पाएको थियो । 

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्तको हाल कायम रहे बमोजिम नै रहने छ । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने छ 

मर्जर प्रक्रिया पुरा गर्नको लागि दुवै संस्थाबाट ४-४ गरी ८ सदस्यीय मर्जर कमिटि गठन भएको छ । मर्जरपछि आगामी बैशाख भित्र एकिकृत कारोबार गर्ने लक्ष्य राखिएको छ । १००:९५ को स्वापमा यी दुई संस्था मर्ज हुन् लागेका हुन् । यद्यपि डिडिए रिपोर्टमा १० प्रतिशत भन्दा तल माथि भए स्वाप रेसियो परिमार्जन गर्न सकिने उल्लेख छ । 

मर्जर पश्चात बन्ने संस्थाको सीइओमा हालको महुली कै सीईओले निरन्तरता पाउने छन् भने स्नाचालक समितिमा महुलीको तर्फबाट ४ जना र नव किरणको तर्फबाट १ जना रहने छन् । 

सम्झौताको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved