शुक्रबार पनि नेप्सेमा शेयर कारोबार, बढ्यो सूचक !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 01:21:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार पनि नेप्सेमा शेयर कारोबार भएको देखिएको छ ।  शुक्रबार नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमले शेयर कारोबार भएको देख्येको हो ।  सामान्यतया शुक्रबार अडलट अर्थात् १० कित्ता भन्दा कमको मात्रै शेयर कारोबार हुन्छ । तर शुक्रबार भने सो भन्दा बढीको शेयर कारोबार भएको देखिएको हो । 

शुक्रबार ग्लोबल आईएमई बैंकको ८४ कित्ता र आरएसडिसी लघुवित्तको १० कित्ता कारोबार भएको देखिएको छ ।  त्यस्तै यी २ कारोबारले नेप्से सूचकलाई समेत प्रभाव पारेको देखिएको छ ।  २ कारोबारपछि नेप्से सूचक १२९८.५६ बिन्दुमा पुगेको सिस्टमले देखाएको छ ।  जबकी बिहिबार कारोबार बन्द हुँदा १२९७.४७ थियो । 

यस संगै लगानीकर्ताले आइतबार कुन सूचकदेखि कारोबार सुरु गर्ने भन्दै सामाजिक संजालमा प्रश्न समेत गर्न थालेका छन् । अनलाइन ट्रेडिङको सिस्टम (टिएमएस) मा देखिएको यी कारोबार नेप्सेको वेबसाइटमा भने देखिएको छैन ।

नेप्सेका प्रबक्ता मुरहरी पराजुलीले यसबारे के भएको आईटी टिमले हेरिरहेकाको अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको बताएका छन्  ।


तस्विर: दिपक दाहाल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved