शुक्रबार पनि कसरी भयो शेयर कारोबार ? यस्तो भन्छ नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 01:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार पनि नेप्सेमा शेयर कारोबार भएको देखिएको छ ।  शुक्रबार नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमले शेयर कारोबार भएको देखिएको हो ।  सामान्यतया शुक्रबार अडलट अर्थात् १० कित्ता भन्दा कमको मात्रै शेयर कारोबार हुन्छ । तर शुक्रबार भने सो भन्दा बढीको शेयर कारोबार भएको देखिएको हो । 

शुक्रबार ग्लोबल आईएमई बैंकको ८४ कित्ता र आरएसडिसी लघुवित्तको १० कित्ता कारोबार भएको देखिएको छ ।  त्यस्तै यी २ कारोबारले नेप्से सूचकलाई समेत प्रभाव पारेको देखिएको छ ।  २ कारोबारपछि नेप्से सूचक १२९८.५६ बिन्दुमा पुगेको सिस्टमले देखाएको छ ।  जबकी बिहिबार कारोबार बन्द हुँदा १२९७.४७ थियो । 

यस संगै लगानीकर्ताले आइतबार कुन सूचकदेखि कारोबार सुरु गर्ने भन्दै सामाजिक संजालमा प्रश्न समेत गर्न थालेका छन् । अनलाइन ट्रेडिङको सिस्टम (टिएमएस) मा देखिएको यी कारोबार नेप्सेको वेबसाइटमा भने देखिएको छैन ।

तस्विर: दिपक दाहाल


कसरी भयो शुक्रबार पनि कारोबार ? 

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले शुक्रबार देखिएको कारोबार शुक्रबार भएको नभई बिहिबार नै भएको बताएका छन्  । बिजपाटीसँग उनले भने '  त्यहाँ देखिएका कारोबार बिहिबार कै हुन्, आज शुकबार कुनै पनि कारोबार भएका छैनन्, ।' किन यस्तो भएको भन्ने जिज्ञासामा उनले भने ' क्यासे (cache) क्लियर नभएर यस्तो भएको हो, अघिल्लो दिन कै कारोबार देखिएको हो , शुक्रबार कारोबार भएको छैन, त्यसले इन्डेक्सलाई पनि केहि असर गरेको छैन' । 

यससंगै आफै क्लियर हुनु पर्ने क्यासे आफै किन क्लियर भएन भन्ने अर्को गम्भीर प्रश्न उठेको छ । यसबारे प्राविधिक टिमले समस्याको पहिचान गैरहेको प्रबक्ता पराजुलीले बताएका छन् । 


यो पनि : 

शुक्रबार पनि नेप्सेमा शेयर कारोबार, बढ्यो सूचक !

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved