अबदेखि आइपीओ र हकप्रदमा नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 10:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्रको प्राथमिक निष्काशन तथा हकप्रद सेयर सम्बन्धी यसअघिको केहि व्यवस्था संसोधन भएको छ। भीष्मराज ढुङ्गाना बोर्ड अध्यक्ष भएपछि पहिलो पटक संसोधन गरिएको नियामावलीले धितोपत्र निष्काशन खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाएर १५ दिनमा कायम गरेको छ। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाका संचालक तथा शेयरधनी कालो सूचीमा नरहेको हुनु पर्ने व्यवस्था गरिएको धितोपत्र बोर्डले जनाएको छ। त्यस्तै संसोधित नियमावलीअनुसार धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि समेत प्रयोगमा ल्याउने व्यवस्था गरिएको छ। 

त्यस्तै संचालक समितिबाट हकप्रद शेयर निष्काशन सम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। संसोधित व्यवस्था फागुन १ देखि लागू हुने धितोपत्र बोर्डले जनाएको छ।  

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिएर बोर्डले फागुन १ गतेदेखि लागू हुने गरी साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २/६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २/६४, सामूहिक लगानी कोष नियमावली, २/६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २)७३ संशोधन गरेकोे बोर्डले जनाएको छ। 

ख) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३

– धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि समेत प्रयोगमा ल्याउने व्यवस्था भएको ।

– प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाका संचालक तथा शेयरधनी कालो सूचीमा नरहेको हुनु पर्ने व्यवस्था गरिएको ।

– सार्वजनिक निष्काशनमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्काशन खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाई १५ दिन कायम गरिएको ।

– सूचिकृत संगठित संस्थाको संचालक समितिबाट हकप्रद शेयर निष्काशन सम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको ।

-सूचिकृत संगठित संस्थाका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर दश प्रतिशत भन्दा कम नहुने गरी बिक्री प्रस्ताव मार्फत बिक्री गर्न सक्ने व्यवस्था गरिएको । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved