अर्थमन्त्रीले भने 'शेयर बजारमा प्रविधिको प्रयोग बढ्दो, गतिशीलता पनि सन्तोषप्रद'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 04:44:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.युवराज खतिवडाले शेयर बजारको गतिशीलता सन्तोषप्रद भएको बताएका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उनले ' शेयर बजारमा प्रविधिको प्रयोग बढ्दो रहेको र बजारको गतिशीलता पनि सन्तोषप्रद' भएको उल्लेख गरेका छन् ।

प्रतिवेदनका अनुसार समीक्षा अवधिमा धितोपत्र बजारमा रू.५३ अर्ब १३ करोड ७६ लाख बराबरको ९० करोड ९३ लाख कित्ता शेयर निष्काशन भएको छ। अघिल्लो वर्षको यसै अवधिमा रू.३३ अर्ब ३८ करोड ३९ लाख बराबरको ३१ करोड ७४ लाख कित्ता शेयर निष्काशन भएको थियो। धितोपत्रको मूल्य मापन गर्ने नेप्से सूचकाङ्क २०७६ असार मसान्तको १२५९.० विन्दुबाट २०७६ पौष मसान्तमा ०.३ प्रतिशतले वृद्धि भई १२६३.४ विन्दुमा पुगेको छ। २०७६ पौषसम्ममा बजार पुँजीकरण रू.१६ खर्ब १० अर्ब ६९ करोड कायम छ। 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट रू.१६  अर्ब ४ करोड बराबरको ऋणपत्र जारी भएको प्रतिवेदनमा उल्लेख छ। गत वर्षको यही अवधिमा  ५  अर्ब ८३ करोड बराबरको ऋणपत्र जारी भएको थियो। २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले रू.२६ अर्ब ९२ करोड बराबरको ऋणपत्र परिचालन गरेका थिए।

प्रतिवेदनमा धितोपत्र ऐनमा संशोधन गर्ने विधेयक संघीय संसदमा पेश भएको , समीक्षा अवधिमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१२ पुगेको , सूचीकृत धितोपत्रको कितावी मूल्यमा पनि करिब ५.० प्रतिशतले वृद्धि भएको उल्लेख छ।

त्यस्तै डिम्याट खाताको संख्या समीक्षा अवधिमा ५९ हजारले बढेर २०७६ पुस सम्ममा १६ लाख ७ हजार ६ सय ६८ पुगेको, दोस्रो बजारमा संस्थागत ऋणपत्रको अनलाईन कारोवार शुरू भएको प्रतिवेदनमा उल्लेख छ 

चालु र्थिक र्षको समीक्षा अवधिमा शेयर बजारको पुँजीकरणमा सुधार भएको छ। २०७६ पुस सम्ममा बजार पुँजीकरण रू.१६ खर्ब १० अर्ब ६८ करोड ९३ लाख कायम भएको छ। गत वर्ष पौ मसान्तमा बजार पुँजीकरण रू.१४ खर्ब ३६ अर्ब ६७ करोड २५ लाख थियो।

 धितोपत्र बोर्डबाट १६ संगठित संस्थाले रू.२० अर्ब बराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्‍‌त गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले वृद्धि हो।  धितोपत्रको दोश्रो बजारमा रू.५ लाखभन्दा बढीको कारोवार गर्ने लगानीकर्ताहरू स्थायी लेखा नम्वरसहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्ध गरिएको अर्थमन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved